नियम ४२
बोर्डले धितोपत्र कारोबार अभिलेखको ढाँचा तोकिदिन सक्ने

(१) बोर्डले धितोपत्र दर्ता गराउने संगठित संस्था, धितोपत्र बजार तथा धितोपत्र व्यवसायीको रूपमा काम गर्ने दलाल, बजार निर्माता, धितोपत्र व्यापारी, निष्काशन तथा बिक्री प्रबन्धक तथा धितोपत्र कारोबार सम्बन्धी अन्य काम गर्ने संगठित संस्थाले राख्नुपर्ने धितोपत्र कारोबार सम्बन्धी विवरण, तथ्यांक वा सूचना र तत्सम्बन्धी फारामहरूको ढाँचा तोकिदिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको ढाँचा बमोजिम धितोपत्र कारोबार गरी त्यसको अभिलेख अद्यावधिक रूपमा राख्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।